नुवाकोटमा वडास्तरवाटै कोरोना नियन्त्रण अभियान – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नुवाकोटमा वडास्तरवाटै कोरोना नियन्त्रण अभियान

    मा प्रकाशित

कनिका खबर
भदौ ८, नुवाकोट ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण वढिरहेको अवस्थामा नुवाकोटमा त्यसको नियन्त्रणका लागि विदुर नगरपालिकामा कोरोना भाइरस रोकथाम र आकस्मिक रूपमा भइपरि आउने समस्या समाधानको लागि वडास्तरीय विभिन्न व्यवस्थापन समितिहरू गठन गरेको छ । विदुर नगरका १३ वटै वडाहरुमा वडाअध्यक्षको अध्यक्षतामा वडास्तरीय कोरोना रोकथाम समिति गठन गरिएको छ ।
वडाध्यक्षको संयोजनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, गैससका प्रतिनिधि र प्रहरीको सदस्यतामा समूह गठन भएको विदुर नगरपालिकाका प्रवक्ता टलकमान श्रेष्ठले बताए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६ अनुरुप नगरका १३ वटै वडामा वडास्तरीय समूह गठन गर्न प्रति वडा ५० हजार रुपैंयाँ बजेट विनियोजन गरिएको छ ।
यही भदौ ३ गते सदरमुकाम विदुरका एकजना युवकमा कोरोनाको सङ्क्रमण देखा परेसँगै विदुरको पुर्व योगा भवन, पश्चिम सिमचौर, उत्तर नेपाल बैंक संचारचोक र दक्षिण मैथली ब्यारेक खोल्सासम्म चार किल्ला सिल गरिएको छ । विदुर नपा वडा नं. २ र ४ को संयुक्त समितिको बैठकले उक्त क्षेत्रमा अत्यावश्यक सेवा खानेपानी र औषधिको लागि बिहान ६ बजेदेखि ९ बजेसम्म खुकुलो पारिएको विदुर–४ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्