खाँदबारी नगरपालिकाद्धारा महिला अध्यक्षहरुलाई सम्मान – Kanika Khabar
Monday, July 27Nepali News Portal

खाँदबारी नगरपालिकाद्धारा महिला अध्यक्षहरुलाई सम्मान

    मा प्रकाशित

कनिका खबर
भदौं ८, मुगु
खाँदबारी नगरपालीकाले नगरक्षेत्र भित्र सञ्चालित १३ वटा योजनाका उपभोक्ता समितिका महिला अध्यक्षलाई सम्मान गरेको छ । महिला सहभागिता बिना दिगो बिकास गर्न नसकिने भन्दै नगरक्षेत्रभित्रका १३ वटा बिभिन्न उपभोक्ता समितिका महिला अध्यक्षहरुलाई सम्मान गरिएको खाँदबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपकमणी घिमिरेले जानकारी दिनुभयो ।
खाँदबारी नगरपालीकाका प्रमुख मुरारीप्रसाद खतिवडाले महिलाले नेतृत्व गरेको अधिकांश बिकास निर्माणको योजना निर्धारित समयमा पारदर्शी र सहभागितामुलक ढंगबाट सम्पन्न भएको भन्दै प्रशंसा गर्नूभएको थियो ।

आगामी दिनमा समेत नगरपालिकाले महिला उद्यमशिलताको बिकास र क्षमता अभिबृद्धिका कार्यक्रमलाई थप प्राथमिकताका साथ स्थान दिने प्रतिवद्धता ब्यक्त गर्नूभएको थियो । कार्यक्रममा महिला अध्यक्षहरुको तर्फबाट ओमशान्ति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रोचना आचार्यले आफुहरुले लिएको कामको जिम्मेवारी सफलतापुर्वक सम्पन्न भएको भन्दै नगरपालिकाले सम्मान गरेकोमा खुशी ब्यक्त गर्नूभएको थियो । उहाँले आगामी दिनमा थप हौसलाका साथ बिकास निर्माणको काममा लाग्ने धारणा राख्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्