सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक दुव्र्यवहार भए तत्काल कारवाही गरिने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक दुव्र्यवहार भए तत्काल कारवाही गरिने

    मा प्रकाशित

कनिका खबर
भदौं ९, काठमाडौं
कोरोना भाइरसको सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक कसैलाई पनि दुव्र्यवहार भए तत्काल उजुरी गर्न सरकारले अनुरोध गरेको छ । दुव्र्यवहार गर्नेलाई सरकारले कारबाही गर्ने गर्ने तयारी गरेकाले उजुरी दिन गृहमन्त्रालयले अनुरोध गरेको हो । कोरोना सङ्क्रमण देखिएपछि आइसोलेशनमा रहेका वा होम आइसोलेशनमा रहेकाहरुले वा तीनका परिवारले नै कोरोना सङ्क्रमण फैलाउँछ भन्ने गलत धारणाका कारण समाजले गर्ने दुव्र्यवहार अपराध सरह भएकाले गृह मन्त्रालयले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

सङ्क्रमितलाई माया, हौसला र उसको स्वास्थ्यको ख्याल गर्दै छिटो निको हुन सघाउनुपर्नेमा यस्ता अमानवीय व्यवहार गर्नेलाई अब कडाइका साथ कारबाही गर्ने भन्दै गृह मन्त्रालयले उजुरी गर्न आग्रह गरेको छ । सीआईएनसँग कुराकानी गर्दै गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रहरीलाई कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमित मात्रै होईन, उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि दुव्र्यवहार भोगिरहेका छन् । मानव अधिकार आयोगले पनि देशका विभिन्न क्षेत्रमा भएका यस्ता घटनाको अध्ययन गरिरहेको छ । विभेदका घटना बढ्दै गएपछि संसदीय समितिले पनि यस विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्