नोभेम्बरमा हुने चुनावमा धाँधली हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी – Kanika Khabar
Monday, July 27Nepali News Portal

नोभेम्बरमा हुने चुनावमा धाँधली हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

    मा प्रकाशित

कनिका खबर
भदौं ९, दाङ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने चुनावमा धाँधली गर्ने चलखेल सुरु भएको दावी गर्नुभएको छ । रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरूले चुनावमा धाँधली गर्न सक्ने उहाँले आरोप लगाउनुभयो । दोस्रो कार्यकालका निम्ति पनि उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्पले यस्तो प्रतिक्रिया दिनुभएको हो । राष्ट्रपति ट्रम्पले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप प्रमाण विना नै लगाउनुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्