भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा – Kanika Khabar
Friday, April 19Nepali News Portal

भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस कोभिड १९ को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २, २ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माणका लागि २, २ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको आजको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २, २ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिनुभयो । ति अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उहाँले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ गरिने पनि उहाँले बताउनुभयो । समितिले कोरोना परिक्षण गरेकाको रिर्पोट २४ घटाभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको सभापति जयपुरी घर्तिले सीआईएनलाई जानकारी दिनुभयो । समितिले पिसिआर परिक्षणको दायर बढाउँदै एक घर एक व्यक्तिको जाँच गर्न निर्देशन पनि दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्