गोकुल बाँस्कोटा प्रकरणबारे डिलाले भनिन् अख्तियार किन मौन छ ? – Kanika Khabar
Monday, July 27Nepali News Portal

गोकुल बाँस्कोटा प्रकरणबारे डिलाले भनिन् अख्तियार किन मौन छ ?

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेस नेतृ डा. डिला सङ्ग्रौलाले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सत्ताको आडमा उन्मुक्ति पाएको बताएकी छिन् । सत्ता र शक्तिको आडमा बाँस्कोटालाई ७० करोड घुस काण्डबारे उन्मसक्ति दिन खोजिएको सङ्ग्रौलाले बताइन् ।
‘शक्तिको भरमा मुद्दा मिलाउन खोजिएको सबैधन्दा ठूलो प्रमाण ७० करोड रुपैयाँको घुस बार्गेनिङ प्रकरणमा अख्तियारमा मुद्दा खेपिरहेका पुर्ब सन्चार मन्त्री गोकुल बास्कोटाको फाइल तामेलिमा पठाउन लागेको कुरा प्रमुख दैनिक पत्रिकामार्फत प्रकाशित सुचनाले आम नेपाली जनतामा सानालाई प्रक्रने र ठुलालाई प्रमाण नपुगेको भनी मुद्दा ढिसमिस गर्ने प्रचलनले न्याय अब हराएकै हो कि भन्ने आभास भएको छ ।’ उनले भनिन् । उनले थपिन्, ‘प्रधानमन्त्री केपी ओलिकै निवासमा बस्दै आएका प्रिय पात्र भनिने बस्कोटालाइ यसरी उन्मुक्ति दिन खोज्नु कही कतै सत्ताको इसारामा अख्तियार लाचार छायाँ भएको त हैन ?’
अख्तियारप्रति शंका व्यक्त गर्दै उनले भनिन, ‘ आम नेपालीले प्रश्न उठाएका छन् । मन्त्री बास्कोटा कै कार्यकक्षमा रेकर्डिङ भएको अडियोको कमिसनमा किन अख्तियारको आखा पुग्न नसकेको हो? सत्ता को आडमा संबैधानिक निकाय चल्ने हो भने सर्बसाधारण जनताले कहिले न्याय पाउलान् ?’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्