काठमाडौंमा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय ।। – Kanika Khabar
Monday, July 27Nepali News Portal

काठमाडौंमा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय ।।

    मा प्रकाशित

कनिका खबर
भदौं १०, काठमाडौं
काठमाडौं उपत्यका स्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

हिजो दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो । यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्