पाल्पा प्रहरीको बाध्यता : टिनको छाप्रोमुनी पकाउँछन्, कवर्ड हलमा सुत्छन् – Kanika Khabar
Saturday, May 11Nepali News Portal

पाल्पा प्रहरीको बाध्यता : टिनको छाप्रोमुनी पकाउँछन्, कवर्ड हलमा सुत्छन्

    मा प्रकाशित

किनिका खबर
भदौं १०, पाल्पा
जिल्ला प्रहरी कार्यालय पाल्पाको ब्यारेक निर्माण भईरहँदा प्रहरीहरु प्वालै प्वाल परेको टिनको छाप्रोमुनी खाना पकाउन, खान र व्याडमिण्टन खेल्ने कवर्ड हलमा सुत्न बाध्य भएका छन् । वैकल्पिक व्यवस्थापन नगरि पुरानो ब्यारेक भत्काएर नयाँ ब्यारेक बनाउने क्रममा प्रहरीहरु कवर्ड हलमा सुत्न बाध्य भएका हुन् । नयाँ ब्यारेक भवन २०७६ चैत्र २६ मा एक बर्ष भित्र सक्ने गरि प्राक्रितिक निर्माण प्राईभेट लिमिटेड सिद्धार्थनगर ९ रुपन्देहीले ठेक्का सम्झौता गरेको छ । कम्पनीले चार करोड सच्चालिस लाख तिस हजार तिन सय बीस रुपैंया अडसठ्ठी पैसामा ठेक्कामा लिएको छ । सम्झौता अनुसार नयाँ ब्यारेक २०७७ चैत्र २५ गते मात्र बन्नेछ ।

सम्झौता अनुसार समयमै बन्यो भने पनी अझै ८ महिना प्रहरीहरु कवर्ड हलमै सुत्नुपर्ने बाध्यता हुनेछ । कवर्ड हलभित्र चारैतिर सामान्य खाटहरुको व्यवस्था गरिएको छ । खाटमा सामान्य तरिकाकै ओढ्ने र ओछ्याउने व्यवस्था गरिएको छ । खुला कवर्ड हलमा केही केहीको मात्र ओछ्यानमा मात्र झुल देखिन्छ । प्रहरीहरुले सामान्य भन्दा पनी सामान्य अवस्थामा रात कटाउन बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक मदन गिरीले सबै प्रहरीहरुलाई तालिमको समयमा सबै सामग्रीहरुको सेट दिईने भएपनी उनीहरुले त्यसको सुरक्षा नगरेको कारण सबै सामग्री नभएको बताउनुभयो । प्रहरी नायब उपरिक्षक गिरीले अप्ठेरो परिस्थितीमा जसोतसो चलाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

जिल्लाका प्रहरी प्रमुख र माथिल्लो तहका प्रहरीहरु भने परिवार सहित बाहिर भाडामा बस्ने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्