भारतमा एक महिनामा १५ लाख भन्दा बढिमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

भारतमा एक महिनामा १५ लाख भन्दा बढिमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

किनिका खबर
भदौं १०, दाङ
भारतमा यो महिनामा मात्रै १५ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार भारतमा अगस्ट महिनामा मात्रै १५ लाख ३० हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै महिनामा कुनै पनि देशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो उच्च संख्या हो । यसअघि अमेरिकामा गत जुलाई महिनामा करिब २० लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अगस्ट महिना सकिँदासम्म यो संख्या अझ बढ्न सक्ने देखिएको छ । केही दिनयता भारतमा दैनिक औसत ६० हजारभन्दा बढीमा कोरोना पुष्टि हुँदै आएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६७ हजार १ सय ५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने एक हजार ५९ जनाको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्