पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं ११, पोखरा

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । ‘त्यस्तो कुनै रोग थिएन,’ उनले भने, ‘कोभिड नै हो । ट्राभल हिस्ट्री पनि छैन । तनहूँको बन्दिपुर पुरानो घर भई पोखरा ११ चापपानीमा बस्ने भनेर लेखाएको छ ।’

पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्री बिना नै संक्रमित हुनेको दर बढ्दो छ । कोरोना ।रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते निषेधाज्ञा जारी गरेको छ । दोस्रो किस्ताको निषेधाज्ञा भदौ १२ गते सकिंदै छ ।

निर्देशक डाक्टर आचार्यले शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्