दाङमा कोरोना कहर : सङ्क्रमित ७४७, डिस्चार्ज ६७९, सक्रिय सङ्क्रमित ६४, मृत्यु २ जना ( पालिका अनुसार विवरण) – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा कोरोना कहर : सङ्क्रमित ७४७, डिस्चार्ज ६७९, सक्रिय सङ्क्रमित ६४, मृत्यु २ जना ( पालिका अनुसार विवरण)

    मा प्रकाशित

कनिका खबर
भदौ ११, दाङ ।
दाङ जिल्लामा पछिल्लो चरणमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेको छ । दिनानुदिन सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि दाङ कोरोना सङ्क्रमणको जोखिममा देखिएको हो । हिजो बुधबार मात्रै दाङ जिल्लामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै दाङ जिल्लामा सङ्क्रमितको संख्या ७४७ पुगेको छ ।
सङ्क्रमित मध्ये ६८१ जना विरामी निको भएर घर फर्किसकेका छन् । हिजो बुधबार बेलुकासम्मको रेकर्ड अनुसार ६२ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । सङ्क्रमित मध्ये २ जनाको मृत्यु भएको छ ।
कुन पालिकामा कति सङ्क्रमित ?
दाङ जिल्लाका १० वटा पालिकामा नै कोरोना सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य कार्यालय दाङका अनुसार बबई गाउँ पालिकामा ३२ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २७ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै दङ्गीशरण गाउँ पालिकामा ५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ५ जना नै निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै शान्तिनगर गाउँ पालिकामा ३५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २३ जना निको भएर घर फर्किसकेका छन् भने १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै तुलसीपुर यपमहानगरपालिकामा ८५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ६५ जना निको भएर घर फर्किसकेका छन् भने २० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिकामा २८९ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २६९ जना निको भएर घर फर्किसकेका छन् भने १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । घोराहीमा २ जनाको मृत्यु भएको छ ।
त्यस्तै लमही नगरपालिकामा ३५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने ३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै बङ्गलाचुली गाउँ पालिकामा १६० जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये १६० जना नै निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै राप्ती गाउँ पालिकामा ३७ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै गढवा गाउँ पालिकामा ४५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ४५ जना नै निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै राजपुर गाउँ पालिकामा २० जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये १९ जना निको भएर घर फर्किसकेका छन् भने १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
ठेगाना नखुलेका ४ जना सङ्क्रमित मध्ये ४ जना नै निको भइसकेका छन् । दाङमा घोराही उपमहानगरपालिकाका सङ्क्रमितमध्ये २ जना होम क्वारअन्टिनमा बसेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्