आज थप १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि (कुन जिल्लामा कति थपिए विवरणसहित) – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

आज थप १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि (कुन जिल्लामा कति थपिए विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
भदौ ११, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा आज विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, मोरङका २० जना, संखुवासभाका ४ जना र सुनसरीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ८५ जना, बाराका ३० जना, महोत्तरीका ७ जना, रौतहटका १५ जना, सप्तरीका २२ जना, सर्लाहीका ६ जना र सिरहाका ७ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २७०, काभ्रेका १३ जना, चितवनका ४५ जना, दोलखाका २ जना, धादिङका एकजना, नुवाकोटका ७ जना, भक्तपुरका ४१ जना, मकवानपुरका ६३ जना, रामेछापका ६ जना र ललितपुरका ६६ जना, सिन्धुपाल्चोकका ३ जना र सिन्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २ जना, गोरखाका एकजना, तनहुँका ११ जना, नवलपरासी पूर्वका १७ जना, पर्वतका एकजना, लमजुङका ३ र बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २१ जना, गुल्मीका ३ जना, दाङका २ जना, नवलपरासीका १८ जना, प्युठानका ४ जना, बर्दियाका एकजना, बाँकेका ७५ जना र रुपन्देहीका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका ५ जना, दैलेखका १२ जना, सुर्खेतका ९ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्तिम प्रदेशमा कंचनपुरका ६ जना, कैलालीका २० डोटीका ६ जना, बझाङका एकजना र बैतडीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्