कोरोनाका कारण थप ८ जनाको मृत्यु – Kanika Khabar
Friday, March 28Nepali News Portal

कोरोनाका कारण थप ८ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं ११, काठमाडौं
कोरोना सङ्क्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षका महिला, बाराका २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेका छन् । यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षका, पर्साका ६२ वर्षका र कपिलवस्तुका ५९ वर्षका रहेका छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्