१० वर्ष कैद सजाए तोकिएका फरार अभियुक्त पक्राउ – Kanika Khabar
Sunday, July 19Nepali News Portal

१० वर्ष कैद सजाए तोकिएका फरार अभियुक्त पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं ११, मुगु

जिल्ला प्रहरी कार्यालय मुगुले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी मुद्दा, कुटपिट, सामान्य झगडाका फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ११ रिखिया बस्ने परेक राज शाहीका छोरा वर्ष २१ का शुक्रराज शाहीलाई २०७७ साल भदौ ९ गते साझँ ७ : ३० बजे खत्याड गाउँपालिका वडा नं ११ बिरा बगर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

भारतको पञ्जावमा लुकेका शाही लकडाउनको मौका छोपेर घर पुगेका शाही लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी शाहले बताउनुभयो । २०७४ फागुन २१ गते अदालतले शाहीलाई १० वर्ष कैद र ६९ हजार तीनसय रुपैयाँ जरिवनाको फैसला गरेको थियो ।

कार्यालयले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्त लाई पक्राउ गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार, लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्