आधाभन्दा बढी सङ्क्रमण मुक्त, उपत्यकामा थप कडाई गरिदै – Kanika Khabar
Thursday, May 21Nepali News Portal

आधाभन्दा बढी सङ्क्रमण मुक्त, उपत्यकामा थप कडाई गरिदै

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं
कोरोना सङ्क्रमित भएको मध्ये आधाभन्दा बढी सङ्क्रमण मुक्त भएका छन । अहिलेसम्म ५६ दशमलव ५ प्रतिशत निको भएका छन । गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकामा भने थप कडाई गरिने भएको छ । हिजो १ हजार १ सय ११ जनामा कोरोना भाइरसे सङ्क्रमित थपिएकोमा उपत्यकामा मात्रै थप ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिन यता काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्न थालेसंगै प्रशासनले कडाइ गरेको छ ।

अहिले लागु गरिएको निषेधाज्ञामा थप कडाइ गरिने र जाँचको दायरालाई पनि बढाउने काम भइरहेको भक्तपुरका प्रमुखजिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । जोखिम बढ्दै जाँदा सरकारसँगै नागरिकले पनि उच्च सतर्कता अपाउनुपर्ने उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्