दाङमा भदौ १४ गतेदेखि २१ गतेसम्म लकडाउन हुने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा भदौ १४ गतेदेखि २१ गतेसम्म लकडाउन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ १२, दाङ ।
पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि दाङमा लकडाउन हुने भएको छ । जिल्लामा भदौ १४ गते आइतबार राति १२ बजेदेखि भदौ २१ गतेसम्म एक हप्ताका लागि लकडाउन हुने भएको हो । जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आउँदो आईतवार राती १२ बजेदेखी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

हाललाई एक हप्ताको समयअवधी निर्धारण गरेता पनि आगामी २२ गते पछिको अवस्थालाई मज्येनजर गदै फेरी अर्को निर्णय लिने उनले बताएका छन् । लकडाउन अवधीभर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय , संघसंस्थाका कार्यालय लगाएत सम्पुर्ण बन्द हुनेछन् । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्