नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित – Kanika Khabar
Thursday, June 11Nepali News Portal

नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित

    मा प्रकाशित

कनिका खबर
भदौं १२, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको बताईएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज छलफल गरेर भोलीको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्