उच्च मनाेवलका साथ काम गर्नुहाेस् : मन्त्री बराल – Kanika Khabar
Thursday, April 16Nepali News Portal

उच्च मनाेवलका साथ काम गर्नुहाेस् : मन्त्री बराल

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २३, दाङ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज मङ्गलबार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् । मन्त्री बरालले प्रतिष्ठानले कोभिड १९ को सेवालाई मध्यनजर गरी सञ्चालन गरेको पिसिआरका साथै आइसियुको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री बरालले प्रतिष्ठानलाई कोरोनाका सन्दर्भमा जनरल सेवाकै रुपमा अगाडि बढाउने र बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताललाई कोरोनाको उपचारका लागि स्तरवृद्धि गर्दै लैजाने बताए ।

प्रतिष्ठानमा रहेका तथा परीक्षण गरिएका पाजेटिभ केस आएमा बेलझुण्डीमा रेफर गर्न पनि सुझाउँदै मन्त्री बरालले भने, ‘‘यस्तो सङ्कटको घडिमा अहोरात्र खटेर काम गर्ने स्वाथ्यकर्मीहरुको सरकारले उच्च मरुल्याङ्कन गर्नेछ, तपाईंहरु उच्च मनोवलका साथ आफ्नो कर्ममा निरन्तर लागिरहनुहोस् ।’’ मन्त्री बरालले अब कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति बढाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजाने पनि बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्