विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस

    मा प्रकाशित

कनिका खबर
भदौं १३, विराटनगर

मोरङको विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस परेको छ ।

न्यूरो अस्पतालबाट कोरोना संक्रमितको शव चार दिनपछि व्यवस्थापन भएको अस्पताल प्रशासनले जनाएको छ । मंगलबार मृत्यु भएका कोरोना संक्रमितको शनिबार स्थानीय प्रशासनले शव उठाएको अस्पतालका निर्देशक ईञ्जिनियर रञ्जित राज बस्नेतले जानकारी दिए ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा अलपत्र परेको थियो ।

बस्नेतका अनुसार कुरुवाका रुपमा अस्पतालमा रहेका ती व्यक्तिका छोरा पनि संक्रमितको मृत्यु भएपछि सम्पर्कविहीन भएका थिए ।

एम्बुलेन्समा शव न्युरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखिदिएका थिए । वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ पनि छुट गरिएको अस्पतालका निर्देशक ई. बस्नेतले जानकारी दिए ।

टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा गत मंगलबार मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्