धादिङमा रासायनिक मल वितरण तर स्वास्थ्य सुरक्षाको मापदण्ड भने पूरा भएन – Kanika Khabar
Friday, April 19Nepali News Portal

धादिङमा रासायनिक मल वितरण तर स्वास्थ्य सुरक्षाको मापदण्ड भने पूरा भएन

    मा प्रकाशित

कनिका खबर
भदौं १३, धादिङ
मुख्य सिजनमा रासायनिक मलको अभाव झेल्दै आएका धादिङका किसानले आज लामो समयपछि रासायनिक मल पाएका छन् । साल्ट टे«डिङ काठमाण्डौंबाट शनिबार ल्याएको ४२० बोरा रासायनिक (युरिया) मल १ बोरा बराबर ३ जनालाई बितरण गरिएको हो । नीलकण्ठ सहकारी मार्फत् वितरण गरिएको मल जिल्लाका विभिन्न सहकारीहरुले समेत वितरण गरिरहेका छन् । बिहिबार मात्र धादिङमा ४ वटा गाडीमा मल आएको थियो । त्यो मल विभिन्न सहकारीहरुले लिएर गएका नीलकण्ठ सहकारी संस्था लिमिटेडका व्यवस्थापक हरिप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार धादिङ जिल्लामा अझै १२८० बोरा मल आवश्यकता रहेको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा समेत धेरथोर मल किसानहरुलाई वितरण गरिरहेको रिजालले बताउनुभयो । यस्तै कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङका प्रमुख विनोद शर्माले धादिङमा अझै १० दिनसम्म रासायनिक मल नआउने बताउनु भएको छ ।

धादिङका लागि १४० वटा सहकारीले धरौटी बुझाएर मलको माग गरेपनि केही समय अगाडि ५९ वटा सहकारीले मल लगेका थिए । बुधबार वीरगञ्जमा २५ सय टन रासायनिक मल आएको खबर सुनेका धादिङका किसान रासायनिक मल पाउने आशामा थिए । तर, शर्माले त्यो मल कृषि सामाग्री कम्पनीको नभएको बताएपछि किसानहरु निराश भए । कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङले सहकारी मार्फत रासायनिक मल वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले पनि धादिङमा मल पठाउने गरेको धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले बताउनुभयो । साल्ट ट्रेडिङको शाखा धादिङमा नहुँदा साल्ट ट्रेडिङ काठमाडौंको खातामा पैसा जम्मा गरेका सहकारीहरुलाई कृषि सामाग्री कम्पनी गजुरीले दिने रेट मै मल पठाउने गरेको उहाँले बताउनु भयो ।

नेपालमा आयात गरिने रासायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन आयात गर्ने प्रावधान रहेको छ । धादिङ जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिमा रहेको जिल्ला मध्ये एक हो । सरकारले २ सय भन्दा बढी कोरोना सङ्क्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राखेको छ । त्यसमाधादिङ पनि परेको छ । हालसम्म धादिङमा २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर शनिबार धादिङबेसी स्थित नीलकण्ठ सहकारी परिसरमा रासायानिक मल लिन किसानहरुको ठूलो भिड लागेको थियो ।

सामाजिक दुरी नै कायम नगरी सहकारीले मल वितरण गर्दा धादिङबेसी सदरमुकाममा झन जोखिम बढेको छ । तर किसानलाई कोरोना भन्दा पनि मल नपाईने चिन्ता छ । मलकै अभावले बर्खा भरी गरेको दुःख त्यत्तिकै खेर जाने अवस्था आएको भन्दै उनीहरूले रोगको भन्दा भोकको चिन्ता बढि भएको बताए ।

शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले समेत सामाजिक दुरी कायम गरी मल वितरण गर्न सकेनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्