पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १३, दाङ

पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ ।लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मुख्य व्यापारीक केन्द्र रहेको कराँचीमा बाढीका कारण सडक जलमग्न हुनुका साथै विद्युत आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टक र भएको छ । लगातारको वर्षाका कारण सडक र कार्यालयहरुमा अलपत्र परेका सर्वसाधारणलाई स्थानीय प्रशासनले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ । अत्याधिक वर्षाका कारण शहरका विभिन्न स्थामा ढल निकासी बन्द हुँदा जनजीवन थप प्रभावित भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्