राजविद्या पाठशालामा रक्तदान कार्यक्रम हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

राजविद्या पाठशालामा रक्तदान कार्यक्रम हुने

    मा प्रकाशित

कनिका खबर
भदौ १३, दाङ ।


दाङमा ब्लडको अभाब हुँदै गएको भन्ने समाचार प्रकाशन प्रशारण भएपछि रक्तदान गर्नेहरुको संख्या बढ्दै जान थालेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित राजविद्या पाठशालाले पनि भोलि आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राजविद्या पाठशाला र लायन्स क्लब अफ राजविद्याको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम राखिएको विद्यालयका प्रिन्सिपल टिकाजङ्ग बि.के.ले बताएका छन् । उनले भने, ‘विभिन्न सञ्चार माध्यमहरुमा दाङमा ब्लडको अभाव रहेका समाचार प्रकाशन÷प्रशारण भएपछि सामाजिक तथा मानव सेवाको भावले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ ।’

रक्तदान कार्यक्रम विद्यालयको प्राङ्गणमा भोलि आइतबार बिहान ११ः३० बजे हुने जनाइएको छ । साथै मानव सेवाको भावले रक्तदान कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई आह्वान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्