चितवनमा थप १२० जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, June 11Nepali News Portal

चितवनमा थप १२० जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ १४, चितवन ।
शविबार राति अबेरसम्म चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्ये ६१ चितवनका हुन् ।
धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका संक्रमित देखिएका छन् । यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जानकारी दिए ।

चितवनमा मात्रै १०२ जना संक्रमित थपिएपछि जिल्लामा संक्रिमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबार नै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य अरू जिल्लाका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्