आज कुन जिल्लामा कहाँ कति थपिए कोरोना सङ्क्रमित ? – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

आज कुन जिल्लामा कहाँ कति थपिए कोरोना सङ्क्रमित ?

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।

पछिल्लो २४ घण्टामा नेपालमा आज आइतबार थप १२२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना,पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, झक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, बाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कंचनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जना, कोरोना संक्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्