सरकरको श्रमिक सूचना बैंक स्थापना – Kanika Khabar
Saturday, May 30Nepali News Portal

सरकरको श्रमिक सूचना बैंक स्थापना

    मा प्रकाशित

कनिका खबर
भदौ १४, दाङ ।

रकारले श्रमिक सूचना बैंक स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल पत्रकार सम्मेलनकाविच श्रमिक सूचना बैंकको स्थापना भएको घोषणा गरेको हो । मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैंकको सुभारम्भ गर्दै बेरोजगार युवाको विवरण संकलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पुर्याउने बताए ।
कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्ति कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सिप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउने मन्त्री यादवको दावी छ । उनका अनुसार श्रमिक बैङ्कको स्थापनाले श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पु¥याउनेछ । राज्यभर विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तीमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरण समेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने मन्त्री यादवले बताए ।
७ सय ५३ स्थानीय तहमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गरी क्षेत्रगत रुपमा सीपमूलक जनशक्तिको विवरण संकलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआवद्धता कायम हुने गरी प्राथिमकतापूर्वक श्रमिक बैकको कार्य गरिने मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्