बेसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामाकरण गर्न माग – Kanika Khabar
Thursday, November 7Nepali News Portal

बेसीशहर–चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामाकरण गर्न माग

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, लमजुङ
लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनका स्थानियले बेसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न माग गरेका छन् । लमजुङको बाहुँनडाँडा पुस्तुनमा जन्मीएका राष्ट्रकवि घिमिरेको नामबाट बेसीशहर–चामे सडकको नाम राख्न उनीहरुले माग गरेका हुन् । स्वर्गिय राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औं दिनको पुण्य तिथीमा हिजो पुस्तुनमा आयोजित श्रद्धाञ्जली सभामा स्वर्गिय राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरिएको थियो । श्रद्धाञ्जली सभामा सके उनको योगदान र जन्मथलोप्रति सम्मान हुने पुस्तुन बाहुँनडाँडा–घिमिरे समाजका अध्यक्ष प्रेमनाथ घिमिरेले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मनाङ—लमजुङका जनप्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरी बेसीशहर–चामे सडकको नामाकरण ‘राष्ट्रकवि मार्ग’ राख्न पहल गर्ने बताउनुभयो । विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको मस्र्याङ्दी गाउँपालिका बाहुनडाँडास्थित पुस्तुनमा जन्मीएका घिमिरेको भदौ २ गते लैनचौरस्थित आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा निधन भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्