चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १५, दाङ ।
चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार करेन्ट लागेर उनीहरुको गएराति मृत्यु भएको हो ।

पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिए । मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्