पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ – Kanika Khabar
Friday, May 1Nepali News Portal

पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं १५, काठमाडौं
रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन् । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो । पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारेका भने छैनन् । प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् । प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बताएको छ । गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्