खरीपाटिमा हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद – Kanika Khabar
Saturday, July 12Nepali News Portal

खरीपाटिमा हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद

    मा प्रकाशित

कनिका खबर
भदौं १६, सिन्धुपाल्चोक
चौतारा सांगाचोकगढि नगरपालिका २ खरीपाटिमा हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद हुँदा ६ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गेलुङखोला हाईड्रो पावर कम्पनिले दिएको उजुरीका आधारमा स्थानियलाई ईलाका प्रहरी कार्यालय जलविरेबाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । आयोजनाले १४ जना विरुद्ध उजुरी गरेकोमा हिजो ६ जनालाई नियन्त्रणमा लिएको हो । बस्तीकोबीच खेतियोग्य जमिनबाट हाईटेन्सन लाईन तान्दा जोखिम हुने भन्दै स्थानियले विरोध गर्दै आईरहेका थिए । उनिहरु यहि साउन २० गते आयोजनाको पोल गाड्ने काम तत्काल रोक्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा डेलिकेशन दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्