कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १६, कञ्चनपुर
कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । एक जनालाई स्थानीयले उद्धार गरेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको दोदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘सोमबार दिउसो नदीमा माछा मार्न गएका उनीहरु डुबेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अर्की १२ वर्षीया अनु रानालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरे ।’

दुवैको शव बगेको स्थानबाट करिब तीन सय मिटर टाढा फेला परेको उनले जानकारी लिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्