दुई लाख युवालाई सय दिनको रोजगारी दिइने – Kanika Khabar
Thursday, August 27Nepali News Portal

दुई लाख युवालाई सय दिनको रोजगारी दिइने

    मा प्रकाशित

कनिका खबर
भदौ १७, काठमाडौं
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख युवालाई सय दिनको रोजगारी दिने भएको छ । चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएका, दुई लाख जनालाई रोजगारी दिन लागिएको मन्त्री रामेश्वरराय यादवले बताउनुभयो । पन्ध्रदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा लगाई चालु आर्थिक वर्षमा सय दिनको रोजगारी दिन लागिएको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा ८२ हजार ६ सय ३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिनको रोजगारी पाएका थिए । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । गत असारसम्ममा ७ सय ५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५ सय ९५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्