गण्डकीमा थप ११ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Monday, July 27Nepali News Portal

गण्डकीमा थप ११ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौ २३, पर्वत
गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज बिहान २ जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका ३ जना महिला र २ जना पुरुष, कावासोती नगरपालिकाका १ जना महिला रहेका छन् । यस्तै, कास्कीको पोखरा महानगरपालिकाका पाँचजनामा पनि सङ्क्रमण रहेको पाइएको छ । पोखरामा २० देखि ४२ वर्ष उमेर समूहका ५ जना पुरुष सङ्क्रमित भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा स्वाव परिक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको डा. शर्माले बताउनुभयो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ । कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्