देवघाटका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा – Kanika Khabar
Saturday, October 24Nepali News Portal

देवघाटका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा

    मा प्रकाशित

कनिका खबर
भदौ २६, तनहुँ
देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ । सुवेदीको तनहुँको घिरिङ गाउँपालिकामा सरुवा भएको हो । सुवेदी विगत तीन वर्षदेखि देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सुवेदीको सरुवा गरेको हो । यसैबीच, देवघाटको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तनहुँको बन्दीपुर गाउँपालिकाबाट नरहरि सापकोटा आउनु हुने भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्