कनिका खबर
भदौं २८, काठमाडौं
सरकारले स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । रिक्त जनप्रतिनीधिको विवरण भदौ मसान्त भित्र पठाइसक्न जिल्ला समन्वय समितिलाई निर्देशन सरकारले निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । स्थानीय तह, प्रदेश र संघीय सरकारको उपनिर्वाचन भएपछि केही स्थानीय तहमा जनप्रतिनिधी विभिन्न कारणले रिक्त भएको खवर सार्वजनिक भएकोले यस्तो परिपत्र गरिएको मन्त्रालयको संघीय मामिला शाखाका, शाखा अधिकृत महेश दाहालले सीआईनलाई जानकारी दिनुभयो । मन्त्रालयले रिक्त भएको स्थानीय तह, नाम थर, रिक्त रहको पद, रिक्त हुनुको कारण र रिक्त भएको मिति समेत उल्लेख गरेर पठाउन जिल्ला समन्वय समितिलाई परिपत्र गरेको हो । मन्त्रालयसँग अहिले कति स्थानीय तहमा कुन तहका कती जनप्रतिनिधि रिक्त रहेका छन् भन्ने विवरण छैन ।
मा प्रकाशित


