लमजुङमा एक सय ५३ जनाले जिते कोरोना – Kanika Khabar
Monday, July 27Nepali News Portal

लमजुङमा एक सय ५३ जनाले जिते कोरोना

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, लमजुङ
लमजुङमा कोरोनालाई जितेर घर फर्कनेको संख्या १ सय ५३ पुगेको छ । हिजो जिल्लाका आइसोलेसनमा रहेको चारजना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएसँगै जिल्लामा हालसम्म कोरोना निको हुनेको संख्या एक सय ५३ पुगेको हो । हिजो सङ्क्रमण मुक्त हुनेमा बेसीशहर नगरपालिका २ र ३ का ३७ र ४० वर्षका दुई पुरुष र बेसीशहर ३ र ७ का ४१ र ४४ वर्षका दुई महिला रहेका छन् । पहिलो पटक पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएर कृषि क्याम्पसको आइसोलेसनमा वसेका दुई पुरुष र लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा वसेका दुई महिलाको मंगलवार फ्लोअफ स्वाव परिक्षण रिपोर्ट नेगटिभ आएसँगै डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । जिल्लामा पिसिआर परिक्षण गर्दा पहिलो पटक विदेशबाट आएर क्वारेन्टाइनमा वसेका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो समय समुदायस्तरमा तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा १४ दिनको शिशु देखि ७५ वर्षको उमेरसम्मका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म ६३ महिला र २ सय ५३ पुरुष गरी ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा सङ्क्रमितमध्ये १९ जना महिला र एक सय ३४ पुरुष गरी एकसय ५३ जना निको भएर घर फर्किएका छन् । हाल जिल्लाका आइसोलशनमा एक सय ६३ जना रहेका छन् । स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेका सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको लमजुङ प्रशासनले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्