नेपालमा पछिलो २४ घण्टामा थप १ हजार २४३ जना कोरोना संक्रमणमुक्त – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

नेपालमा पछिलो २४ घण्टामा थप १ हजार २४३ जना कोरोना संक्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर
असोज १, काठमाडौं

पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले मृत्यु भएसँगै ३८३ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्