बस्ती स्थानान्तरणको काम स्थानीय सरकारको अगुवाईमा गरिने – Kanika Khabar
Monday, July 27Nepali News Portal

बस्ती स्थानान्तरणको काम स्थानीय सरकारको अगुवाईमा गरिने

    मा प्रकाशित

कनिका खबर
असोज ४, काठमाडौं
सरकारले बाढी र पहिरोबाट क्षति भएका बस्ती स्थानान्तरणको काम स्थानीय सरकारको अगुवाईमा गर्ने भएको छ । देशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट क्षति पुगेका क्षेत्रका बस्तीहरू सार्ने विषयमा१० दिनभित्र कार्यविधि तयार हुँदैछ । स्थानीय सरकारलाई मुख्य जिम्मेवार बनाउनेगरी काम अगाडी बढाइने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सीआईएनसँग बताउनुभयो । बस्ती स्थानान्तरणको काममा स्थानीय सरकारलाई जिल्ला विपद् व्इवस्थापन समिति, जिल्लाका अन्य प्राविधिक कार्यालयहरू र संघीय सरकारका विभिन्न मन्त्रालयसँगै दुवै प्राधिकरणले सघाउनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्