सुपर ओभरमा दिल्लीको जीत, अन्तिम तीन बलमा एक रन बनाउन नसक्दा पञ्जाब पराजित – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

सुपर ओभरमा दिल्लीको जीत, अन्तिम तीन बलमा एक रन बनाउन नसक्दा पञ्जाब पराजित

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किङ्ग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले सुपर ओभरको ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । दिल्ली तीन बलमा लक्ष्य पुरा गर्न सफल भयो । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रन बनाउनुभयो । कप्तान केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाउनुभएको थियो । तर अन्य ब्याट्स्म्यानले उलेख्य प्रदर्शन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरेको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका खेल्दा, कप्तान श्रेयस अऐरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाउनुभयो । दिल्लीबिरुद्ध पञ्जाबका बलरले राम्रो प्रर्दशन गरेका थिए । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिंदा, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पार्नुभयो । पञ्जाबलाई हराएसँगै दिल्लीले अंक तालिकामा २ अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैङ्लोर र सन् राईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्