वडा अध्यक्षको मिलेमतोमा चंखेली हिमालमा ड्रोन क्यामरा – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

वडा अध्यक्षको मिलेमतोमा चंखेली हिमालमा ड्रोन क्यामरा

    मा प्रकाशित

कनिका खबर
असोज ५, मुगु
ड्रोन क्यामारा उडाएर भिडियो खिच्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भए पनि अनुमतिबेगर मुगुको छायानाथ रारा नगरपालिको वडा नम्बर १४ बाम र चंखेली हिमालको भिडियो खिचिएको छ । अनुमतिबिना भोजराज भाटले मनपरी ड्रोन उडाईरहेको पाईएको छ । यसरी जिल्ला प्रशासन कार्यालयमा कुनै जानकारी समेत नभएर चंखेली हिमालमा ड्रोन उडान भईरहेको भन्ने सुनिएपछि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भाटले चंखेली हिमाल र बामका गाउँबस्तीमा गत शनिवारदेखि ड्रोन क्यामारा उडाइरहेको स्थानीयबासीले बताएका छन् । १४ नम्बर वडाध्यक्ष नन्दलाल बढुवालले भने भाटले क्यामारा नचलाएको दावी गर्नुभएको छ । भोजराज भाट पर्यटक भएकाले उनले ड्रोन क्यामारा चलाउँदा केही फरक नपर्ने पनि अध्यक्ष बढुवालले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्