झुठा र भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती बनेकोप्रति राष्ट्रपति भण्डारी चिन्तित – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

झुठा र भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती बनेकोप्रति राष्ट्रपति भण्डारी चिन्तित

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
राष्ट्रपति विद्यादेवी भण्डारीले झुटा एवं भ्रामक विचार सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनुपर्ने समेत बताउनुभयो । आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्ने र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको बताउनुभयो । सञ्चारक्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक रहेकोमा उहाँको जोड थियो । उहाँले आमसञ्चारको क्षेत्रमा देखिएका कमिकमजोरी हट्दै जाने विश्वाससमेत व्यक्त गर्नुभयो । भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले काउन्सिलको वार्षिकोत्सवका अवसरमा विभिन्न पुरस्कार प्राप्त गर्ने पत्रकारलाई पुरस्कार वितरण, बधाई तथा शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्