नक्कली नोटसहित बारामा २ जना पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

नक्कली नोटसहित बारामा २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज ७, बारा ।
जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नोटसहित बारामा २ जना पक्राउ गरेको छ ।

प्रहरीले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं।९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।

उनीहरु बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका थिए । उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको प्रहरीले भेटाएको थियो । चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्