प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १४, काठमाडौँ ।
विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गत वैशाख १ देखि हालसम्मको अवधिमा १सय४ जना बेपत्ता र ४ सय २९ जना घाइते समेत भएका छन् । गत जेठ ३० गते यता मात्रै पहिरोबाट २ सय ८९ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । यसैगरी बाढीबाट ३९ को मृत्यु, ३६ बेपत्ता र ९ जना घाइते हुँदा चट्याङबाट पनि ३५ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्