मलेसियामा एक जना नेपाली नागरिकलाई बन्धक बनाई रकम असुल्ने पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

मलेसियामा एक जना नेपाली नागरिकलाई बन्धक बनाई रकम असुल्ने पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।
मलेसियामा टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने दुर्गाबहादुर श्रेष्ठले श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा मलेसियामै काम गर्ने रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । रैदासलाई ७ दिनसम्म बन्धक बनाई उनकी श्रीमतीलाई फोन गरी हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र श्रीमानको ज्यान रहने भन्दै दुर्गाबहादुरले धम्की दिएका थिए ।
रैदासकी श्रीमतीले पटकपटक गरी १५ लाख ९२ हजार आफ्नो खातामा हालिदिएपछि मात्रै दुर्गाबहादुरले अपहरणमुक्त गरेका थिए । उनले रैदासको राहदानीसमेत आफ्नो कब्जामा लिई उनलाई नेपाल आउन दिएका थिएनन् । पीडितकी श्रीमतीको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा दुर्गाबहादुर नेपाल आएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसैका आधारमा खोजतलास गर्दा उनलाई असोज १३ गते काठमाडौंको कान्ती बाल अस्पतालनजिकबाट बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्