कनिका खबर
असोज १९, दाङ ।
राष्ट्रिय अनुसन्धान प्रहरी कार्यालय दाङका प्रमुख टेकराज तिमिल्सिनाको सरुवा भएको छ । केही दिन पहिले नै सरुवा भइसकेका प्रमुख तिमिल्सिना आज विदाइ भएर गोर्खा जान थालेका छन् । उनले राष्ट्र सेवा तथा आफ्नो कर्तव्य र जिम्मेवारी अब गोर्खाबाट निभाउने छन् ।
लगभग २ वर्षको दाङका बसाइँपश्चात उनको सरुवा भएको हो । लामो समय दाङको बसाइँ र जिम्मेवारी बहनका क्रममा दङालीबाट पाएको सद्भाव र सदाशयता सदैव स्मरणीय रहेको बताएका छन् । एक कुशल प्रशासक र मिलनसार व्यक्तित्वको रुपमा आफ्नो छवि बनाएका तिमिल्सिना दाङबासीका लागि पनि त्यतिकै स्मरणीय रहनेछन् ।
आज सरुवा भएको जिल्ला जाँदै गर्दा एक भावुक कवितामा उनले दाङप्रतिको माया र सद्भावका साथै दाङ छाड्दाका पीडालाई बडो मिहिन ढङ्गले कविताका बिम्ब र प्रतीकमा उतारेका छन् ।
यस्तो छ उनको कविता
बिदाइ
आज मन अमिलो भएको छ
मन कुँडिएको छ
छटपटाएको छ
गला अवरुद्ध भएको छ
गह भरिएको छ
पाइलाहरु भारी भएका छन्
तर पनि विदाइका हात त हल्लाउनु नै छ ।
धन्य छौ दङाली
तिम्रो देउखुरी जस्तै विशाल हृदय
शैघार सवारीकोटजस्तो उँचो शीर
कपुरधाराको झरनाजस्तो
निर्मल निश्चल मन
अम्बिकेश्वरी र धारापानी मन्दिरजस्तो पवित्र आत्मा
तर पनि म आज विवश छु
स्वीकार गर ल बिदाइका हातहरु
तर पनि कतै तिम्रो पवित्रतामा, निश्पक्षतामा
जान अन्जान शंका गरे कि
त्यो विशाल ह्दयमा
चोट पु¥याएँ कि
मलाई माफ गर ल ।
प्रिय दाङ
कतै मलाई भुल्ने त छैनौ
मलाई बिरानो सम्झनेछौ
निष्ठुरी नबन्नु ल
स्वीकार गर बिदाइका हातहरु