ह्विप मान्दैन कारबाही भाेग्न तयार छु : चाैधरी – Kanika Khabar
Friday, May 3Nepali News Portal

ह्विप मान्दैन कारबाही भाेग्न तयार छु : चाैधरी

    मा प्रकाशित

कनिका खबर
असाेज २०, दाङ ।

हिजाे साेमबार बसेकाे प्रदेश सभामा काङ्ग्रेका केही संसदहरूले संसद सभाभित्र अव्यावहारिक क्रियाकलाप मात्र देखाएनन् कि सचेतक सुरेन्द्र हमालकाे अनुपस्थितमा संसदीय दलले प्रस्तावित राजधानीकाे विपक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । तर, उनले जारी गरेकाे ह्विप काङ्ग्रेस कै संसदहरूले नमान्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।
नेपाली काङ्ग्रेसका सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताए।
दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताए। उनले भने,
‘ह्विप मान्दिनँ। बरू म कारवाही भोग्न तयार छु ।´ उनले कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको बताए।

प्रदेश नं. ५ काे राजधानी दाङ प्रस्ताव भएपछि केही प्रदेश संसदहरू बिराेधमा उत्रिएका छन् । उनीहरू बिराेधमा उत्रनु पनि स्वभाविकै हाे , जनताकाे सेन्टिमेन्टका लागि आफूलाई बिराेधकाे रूपमा देखाउनु राजनीतिक कुटनीति हाे । यसलाई सबैले स्वभाविक रूपमा लिन्छन् नै । अाफ्नाे राजनीतिक धरातलमा जनबल र जनविश्वास कायम गर्नका लागि गरिने यस्ताे कार्यलाई राजनीतिक धर्म नै मानिन्छ ।
पछिल्लो चरणमा प्रदेश नं. ५ मा देखिएकाे राजनीतिक तरङ्गकाे छाल याे भन्दा माथिकाे हाेइन ।
कांग्रेसका दाङ, बर्दिया, रोल्पालगायत जिल्लाका केन्द्रीय सदस्यहरू भने दाङमै स्थायी राजधानी राख्ने पक्षमा देखिएका छन्।
दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्