सहकर्मी शिक्षिकाप्रति अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ – Kanika Khabar
Thursday, June 25Nepali News Portal

सहकर्मी शिक्षिकाप्रति अश्लिल हर्कत गर्ने शिक्षक पक्राउ

    मा प्रकाशित

जीतसागर जी.एम.

दाङ, २१ असोज ।

दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार रानालाई विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ गरिएको हो ।

आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ती शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । पीडित शिक्षिकाको उजुरीको आधारमा केहीबेर अघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेकोे उनको भनाई छ ।

मुलुकी अपराध संहिताले नै सार्वजनिक स्थलमा यौनांग देखाउन नहुने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरेको छ । संहिताको परिच्छेद ५, दफा १२२ मा ‘१० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप वा व्यवहार गर्न वा यौनांग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन’ भन्ने व्यवस्था छ । त्यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विद्यालयबाट निष्काशन अश्लिल हर्कत गरेको आरोपमा शिक्षक रानालाई विद्यालयले निष्काशन गरेको छ । विद्यालयले आज एक विज्ञप्ति जारी गरी घटनामा संलग्न भएको आरोप लागेका शिक्षकलाई विद्यालयबाट निष्काशन गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्