कोरोनाको महामारीमा पनि परिवार नियोजन संघको प्रभावकारी सेवा – Kanika Khabar
Saturday, May 30Nepali News Portal

कोरोनाको महामारीमा पनि परिवार नियोजन संघको प्रभावकारी सेवा

    मा प्रकाशित

पवित्रा भण्डारी
असोज २४, दाङ ।

परिवार नियोजन संघद्वारा १५ हजार भन्दा बढीलाईलाई सेवा « रिपोर्टर्स नेपाल
कोरोनाको महामारीमा परिवार नियोजन संघ दाङ शाखाले प्रभावकारी बनाउन प्रजजन स्वास्थ्य सम्बन्धी सेवाहरु दिएको छ । कोरोनाको महामारीको जोखिमबाट बच्नका लागि गरिएको लकडाउनको समयमा समेत परिवार नियोजन संघ दाङ शाखाले सेवालाई निरन्तरता दिएको हो ।
शाखाले दिएको जानकारी अनुसार २०२० अप्रिलदेखि सेटेम्बरसम्म ६० हजार ८ सय ८२ जनालाई सेवा दिएको छ । परिवार नियोजनसँग सम्बन्धित २३ हजार १ सय ८३ जनाले सेवा लिएका छन् । स्त्रीरोग सम्बन्धी सेवा ४ हजार २ सय ५१ जनाले सेवा लिएको शाखा प्रमुख बसन्त खनालले जानकारी दिएका छन् । प्रमुख खनालका अनुसार एचआईभी एड्ससँग सम्बन्धी ६ हजार २ सय ७७, गर्भ सम्बन्धी ७ हजार ७ सय ७०, अन्य प्रजनन स्वास्थ्य सम्बन्धी ६ सय ३३ जनाले सेवा लिएका छन् ।


बालबालिका सम्बन्धी सेवा ७ हजा। ६ सय ४३ जना, सुरक्षित गर्भपतन सेवा १ हजार २१ जना, विशिष्टिकरण सेवा १ हजार ९८ जना, यौन रोग सम्बन्धी सेवा ७ हजार ४ सय ८२ जनाले लिएका छन् ।
यसबिचमा बाँझोपन सम्बन्धी सेवा २ सय ८० जनाले, पिसाबसँग सम्बन्धि सेवा १ हजार १ सय ८८ जनाले र साधारण सेवा ५६ जनाले लिएका छन् ।
लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै कोरोना सङ्क्रमणको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउँदै सेवा प्रवाह सुचारु राखेको शाखा प्रमुख खनालले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्