कनिका खबर
असोज २९, दाङ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेला शुक्रबार हुने भएको छ ।
दुई दिनसम्म चल्ने भेलामा गैरआवासीय नेपालीहरुको समस्याका बारेमा छलफल हने बताइएको छ ।
‘आजको आवश्कता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चित’ भन्ने मूल नाराको साथ यही अक्टोबर १६ र १७ तारिखमा भेला हुन लागेको हो ।
हिजो बुधबार साँझ प्रवासका संचारकर्मीहरुको समाचार संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन)ले भर्चुअल बिधिबाट पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खाली कोरोनाका कारण मध्यपूर्वमा १ लाख भन्दा बढी नेपाली संक्रमित भएको बताउँदै अझै पनि स्वदेश फिर्तीका लागि सहज नभएको बताए ।
यस्तै, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले कोरोना बेला कतार सरकारले नेपालीहरुलाई आफ्नो नागरिक सरह ब्यबहार गरेको तथा नेपालीहरु भोको नहुन खाद्यान्न उपलब्ध गराएको बताए ।