कनिका खबर
कार्तिक २, कालिकोट
जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं. ९ मा ३ सय ८२ घरधुरीमा मिटरसहितको खानेपानी धारा जडान गरिएको छ । धारा जडानपछि स्थानीयलाई १÷२ घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ । लालुकी ५४ वर्षिया पार्वती बोहोरा १ घण्टा भन्दा बढि पैदल हिडेर धारामा पानी लिन जानुहुन्थ्यो । उहाँलाई आउनजान मात्र डेढ घण्टा सम्म लाग्थ्यो । अव पानी घरमै आउने भएपपछि खुसी लागेको उहाँको भनाइ छ । वडामा धारा जडान गरिएका ३ सय ८२ घरधुरीका परिवारलार्ई खानेपानीको समस्या थियो । वाम्पी हेल्भेटास नेपालको १ करोड १८ लाख,नरहरीनाथ गाउँपालिकाको ८० असि लाख,स्थानीय जनश्रमदान ५७ लाख,१२ हजार,४ सय,९७ गरी जम्मा २ करोड ५५ लाख १२ हजार ४ सय ९७ परियोजनाको कुल लागत रहेको छ । रानीरहडा खानेपानि तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए पछि एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा उद्घाटन गरिएको छ । नरहरीनाथ गाउँपालिकाले वडा नं. ९ लाई स्वच्छ र सफा खानेपानी पहुँच भएको वडाको रुपमा घोषण गरेको छ । कार्यक्रममा गाउँपालीका अध्यक्ष धिर बहादुरर बिष्ट र गाउँपालिका उपाध्यक्ष मनसोभा बुढाले वडालाई सफा खानेपानिमा पहुँच पुगाउन वडाका सबै घरमा धारा जडान गरि सकेको बताउदै आगमी दिनमा यस वडामा खानेपानीको समस्या नहुने बताउनुभयो ।
मा प्रकाशित


