यात्रु सहायता कक्ष सञ्चालन – Kanika Khabar
Monday, September 21Nepali News Portal

यात्रु सहायता कक्ष सञ्चालन

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, नुवाकोट
चाडपर्वलाई मध्यनजर गरेर नुवाकोटमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै नुवाकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले बट्टार बजार र बेलकोगढी नगरपालिकाको कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारजस्ता चाँडपर्वमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका विषयलाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो । यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्